पोखरामा ५ प्रहरीसहित फेरि थपिए ११ कोरोना संक्रमित

पोखरामा ५ प्रहरीसहित फेरि थपिए ११ कोरोना संक्रमित

pokhara

 पोखरामा थप ११ लाई कोरोना पुष्टि
पोखरा । पोखरामा थप ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार पोखराका ११ जना सहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

वडा नम्बर ७ का कार्यरत ५ जना प्रहरी सहित थप ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित प्रहरी २५, २८, ३३, ३५ तथा ४५ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै निर्देशनालयले पोखरा महानगरपालिका वडा नम्बर ३ का ३० र ४५ वर्षीय पुरुष तथा  ३० वर्षीया महिला , पोखरा १४  का ५८ वर्षीय पुरुष तथा २८ र ५० वर्षीय महिलामा कोरोना भाइरस देखिएको जानकारी दिएको हो ।

त्यस्तै क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा नवलपुर  बिनयत्रिबेणी ३ का ३० वर्षीय पुरुष , ४ का २४, २६, र २९ वर्षीय पुरुष तथा ४५ वर्षीया महिला, मध्यबिन्दु २ का ४० वर्षीय पुरुष, ६ का ६५ वर्षीय पुरुष तथा ८ का ३३ र ६५ वर्षीया महिलामा  कोरोना पुष्टि भएको  निर्देशनालयले जनाएको छ ।

संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३५२३ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ