समीक्षा अधिकारी, प्रताप दास र आयुषा गौतमको ‘सानु’ (भिडियो)

समीक्षा अधिकारी, प्रताप दास र आयुषा गौतमको ‘सानु’ (भिडियो)

samikxya pratap

नायक आकाश श्रेष्ठ र नायिका एलिजा गौतम पहिलो पटक लोक दोहोरी गीत “सानु”मार्फत स्कृनमा देखिएका छन् । डि.ए.आर मुभिजले बजारमा ल्याएको लोक दोहोरी गीत “सानु” मा प्रताप दास, समीक्षा अधिकारी र आयुषा गौतमको स्वर रहेको छ ।

शब्द संचारकर्मी कमल सरगम, लय घमेश दुलाल, एरेन्ज कमल सौराग, रेकर्डिष्ट बिमल एरिस छिनालको छ भने स्टुडियो मालाश्रीमा रेकर्ड गरिएको हो । प्रभावन जे को निर्देशन रहेको म्युजिक भिडियोमा नायिका एलिजा गौतम, नायक आकाश श्रेष्ठको साथमा गुराँस ढकाल र दुई वर्षीया बाल कलाकार समाइरा थापाको अभिनय रहेको छ ।

गीतले लोक दोहोरी क्षेत्रमा नयाँ पुस्ता र पुरानो पुस्ताबीचको सम्बन्ध थप बलियो बनाउन मद्दत गर्ने देखिन्छ । नायक आकाश र नायिका एलिजाले संगै काम गरेको यो पहिलो गीत हो । भने आधुनिक गायकका रुपमा स्थापित प्रताप दासको पनि पहिलो लोक दोहोरी हो ।

गीतको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाई, कोरियोग्राफ सन्तोष राजबाहक, सहायक निर्देशन राजाराम गौतम, कला मनिक पाख्रिन, प्रोडक्सन म्यानेजर विवेक चौलागाई, प्रोडक्सन कन्ट्रोलर श्याम धिताल, ड्रोन सुरेश घिसिङ र मेकअप स्वस्तिका श्रेष्ठको रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds