पाेखराका ५ सहित गण्डकीमा थप ३१ कोरोना संक्रमित थपिए

पाेखराका ५ सहित गण्डकीमा थप ३१ कोरोना संक्रमित थपिए

Gandaki covid corona 5

पोखरा । पाेखराका ५ सहित गण्डकी प्रदेशमा थप ३१ कोरोना संक्रमित थपिएका छन ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका दाेस्राे विज्ञप्ति अनुसार पोखरा महानगर वडा नं ८ का १५ र १८ वर्षिय पुरुष तथा ३८ वर्षिया महिला, पोखरा ११ की ३६ वर्षिया महिला र पोखरा १४ की २३ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । त्यसै गरि स्याङजा विरुवाका ३० वर्षिय पुरुष र वालिङ ४ का १९ र ४४ वर्षिय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

तनहुँमा ११ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको व्यास नगरपालिकामा ५ जना, भानु  नगरपालिकामा ३ जना, आँबुखैरेनी गाउँपालिकामा २ जना र देवघाट गाउँपालिकामा १ जना गरि थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

व्यास-३ का २३ वर्षीय पुरुष, व्यास-१० का ४८ वर्षीय पुरुष र ५ वर्षीय बालक, व्यास-१० कै १८ र ४१ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । व्यास-१० का ४८ वर्षीय पुरुष विद्युत कार्यालय दमौलीमा कार्यरत छन । कार्यालयका अन्य कर्मचारी सुरक्षित रहेको विद्युत कार्यालय दमौलीका प्रमुख कपिल पाण्डेले जानकारी दिए ।

उनले भने ‘उहाँ पछिल्लो १ सातादेखि कार्यालय आउनु भएको थिएन र उहाँ काम गर्ने युनिटमा सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।’कोरोना संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रमुख पाण्डेले जानकारी दिए ।व्यास-१० का ३ जना संक्रमित एकै परिवारमा हुन् भने ५ वर्षिय बालक आफन्तका छोरा हुन् । त्यस्तै व्यास-३ का संक्रमित विदेशबाट आएका युवाक हुन् ।त्यस्तै भानु-२ का २८ वर्षीय पुरुष, भानु-५ का ३६ वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको छ ।

यसैगरी जिल्लाको आँबुखैरेनी-३ की ३३ वर्षिया महिला र ८ वर्षिया बालिका, आँबुखैरेनी-२ की ५९ वर्षिया महिला समेत कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै देवघाट-५ का ५३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार वागलुङ काठेखोला ७ का २१ वर्षिय पुरुष तथा ५१ वर्षिया महिला, गल्कोट ५ का ३१ वर्षिय पुरुष तथा ४ का २७ र ५४ वर्षिय पुरुष, जैमीनी ८ का ३३ वर्षिय पुरुष तथा ६ का १८ र ५२ वर्षिय पुरुष र पर्वत कुस्माका ५० वर्षिय पुरुष सहित २१, २९ र ३३ वर्षका नेपाल आर्मीमा कार्यरत ३ पुरुषहरु रहेका छन ।

यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३५७९ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ