पोखरा । पाेखराका ५ सहित गण्डकी प्रदेशमा थप ३१ कोरोना संक्रमित थपिएका छन ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका दाेस्राे विज्ञप्ति अनुसार पोखरा महानगर वडा नं ८ का १५ र १८ वर्षिय पुरुष तथा ३८ वर्षिया महिला, पोखरा ११ की ३६ वर्षिया महिला र पोखरा १४ की २३ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । त्यसै गरि स्याङजा विरुवाका ३० वर्षिय पुरुष र वालिङ ४ का १९ र ४४ वर्षिय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।
तनहुँमा ११ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको व्यास नगरपालिकामा ५ जना, भानु नगरपालिकामा ३ जना, आँबुखैरेनी गाउँपालिकामा २ जना र देवघाट गाउँपालिकामा १ जना गरि थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
व्यास-३ का २३ वर्षीय पुरुष, व्यास-१० का ४८ वर्षीय पुरुष र ५ वर्षीय बालक, व्यास-१० कै १८ र ४१ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । व्यास-१० का ४८ वर्षीय पुरुष विद्युत कार्यालय दमौलीमा कार्यरत छन । कार्यालयका अन्य कर्मचारी सुरक्षित रहेको विद्युत कार्यालय दमौलीका प्रमुख कपिल पाण्डेले जानकारी दिए ।
उनले भने ‘उहाँ पछिल्लो १ सातादेखि कार्यालय आउनु भएको थिएन र उहाँ काम गर्ने युनिटमा सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।’कोरोना संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रमुख पाण्डेले जानकारी दिए ।व्यास-१० का ३ जना संक्रमित एकै परिवारमा हुन् भने ५ वर्षिय बालक आफन्तका छोरा हुन् । त्यस्तै व्यास-३ का संक्रमित विदेशबाट आएका युवाक हुन् ।त्यस्तै भानु-२ का २८ वर्षीय पुरुष, भानु-५ का ३६ वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको छ ।
यसैगरी जिल्लाको आँबुखैरेनी-३ की ३३ वर्षिया महिला र ८ वर्षिया बालिका, आँबुखैरेनी-२ की ५९ वर्षिया महिला समेत कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै देवघाट-५ का ५३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार वागलुङ काठेखोला ७ का २१ वर्षिय पुरुष तथा ५१ वर्षिया महिला, गल्कोट ५ का ३१ वर्षिय पुरुष तथा ४ का २७ र ५४ वर्षिय पुरुष, जैमीनी ८ का ३३ वर्षिय पुरुष तथा ६ का १८ र ५२ वर्षिय पुरुष र पर्वत कुस्माका ५० वर्षिय पुरुष सहित २१, २९ र ३३ वर्षका नेपाल आर्मीमा कार्यरत ३ पुरुषहरु रहेका छन ।
यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३५७९ पुगेको छ ।

सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?