बिहीबार बिहान पोखराका थप ३ जनामा कोरोना पुष्टि

बिहीबार बिहान पोखराका थप ३ जनामा कोरोना पुष्टि

Pokhara Mahendrapul

Photo: Sanjay Shakya

पोखरामा बिहीबार बिहान थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा पोखरा महानगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखराका संक्रमित वडा नम्बर ९ का ४२ वर्षिय एक पुरुष , वडा नम्बर १० का ३२ वर्षिय एक पुरुष र सोहि वडाका ३४ वर्षिय पुरुष रहेका छन् ।

पोखरा- ९ का ४२ बर्षीय पुरुष अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरामा कार्यरत कर्मचारी हुन् । उनी काठमाडौँबाट आएका थिए ।

सबै संक्रमितलाई आईसोलेसन व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ ।

यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३५८२ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ