पश्चिमाञ्चल अस्पतालमा कोरोना संक्रमित महिलाले स्वस्थ बच्चा जन्माइन्

पश्चिमाञ्चल अस्पतालमा कोरोना संक्रमित महिलाले स्वस्थ बच्चा जन्माइन्

120019314_359947282079800_8231120715208845514_n

 पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा कोरोना संक्रमित महिलाले स्वस्थ बच्चा जन्माएकी छिन् । भारत घर भएकी २५ वर्षीया ति संक्रमित महिलाले शल्यक्रियामार्फत् विहीबार शिशुलाई जन्म दिएकी हुन् ।

हाल शिशु र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ । रिपोर्ट नआउँदासम्म आमा र बच्चालाई अलग्गै राखिने बताइएको छ । कोरोना संक्रमित गर्भवतीको प्रसुतिका लागि अलग्गै अप्रेसन थिएटर तयार पारिएको र शल्यक्रियामा संलग्न चिकित्सक नर्सहरुले पनि पूर्ण सुरक्षित भएर पीपीई प्रयोग गरिएको छ ।

तीन साता अघि गोरखाकी कोरोना संक्रमित महिलाले भरतपुर अस्पतालमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् । जुम्ल्याहा छोरा स्वस्थ जन्मिएका थिए ।

कपिलवस्तुकी कोरोना संक्रमितले पनि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा बच्चा जन्माएकी थिइन् । ओखलढुङ्गा र लुम्बिनी अस्पतालमा पनि कोरोना संक्रमित महिलाले शल्यक्रियाबाट बच्चा जन्माएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds