कास्कीमा भदौ ३ गतेदेखि जारी निषेधाज्ञा २ हप्तापछि खुकुलो बनाइयो । प्रशासनले त्यसपछि पनि बिस्तारै खुकुलो बनाउँदै गयो र गत भदौ २६ गतेदेखि पाँचौ पटकको निर्णयबाट सार्वजनिक सवारी खुलायो । विद्यालय, सिनेमा हल, रंगशाला, स्विमङ पुल भने अझै खुलाइएको छैन ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना भाइरस सङ्क्रमणबाट बच्न सार्वजनिक स्थानहरूमा भिडभाड, भेला जमघट, मेला महोत्सव नगर्न सरोकारवाला तथा सर्वसाधारणलाई पुनः अपिल गरेको छ ।
प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बिहीबार एक सूचना जारी गदै प्रशासन कार्यालयले उक्त अपिल गरेको हो । प्रमुख जिल्ला अधिकारीको हस्ताक्षरमा जारी सूचनामा कोरोना भाइरस सङ्क्रमणको दर बढ्दै गएको अवस्थामा धर्म, संस्कृति, तथा सांस्कृतिक कार्यक्रमहरु नगर्न आग्रह गरिएको छ ।
‘यसरी सार्वजनिक सुचना गरेर मानिसहरु भेला हुने कार्य निषेध गरेपनि केही सरकारी एवम् गैर सरकारी संस्थाले साधारणसभा लगायतका भिडभाडजन्य कार्यक्रमहरुको आयोजना गर्न लागेको हुनाले यस प्रकारको कार्य अर्को सूचना नआइन्जेल नगर्न आग्रह गरिन्छ’ विज्ञप्तिमा उल्लेख छ ।
प्रशासनले यदि कोहि कानुन विपरित गए संक्रामक रोग ऐन, २०२० एवम् अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो