पोखरामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

पोखरामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

Pokhara beauty b

आज पोखरामा थप ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले  कास्कीको पोखरा महानगरका ४ वटा वडाका ५ पुरुष र १ महिला तथा लमजुङका २ पुरुष गरी गण्डकी प्रदेशमा ८ कोरोना संक्रमित थपिएको जानकारी दिएको हो ।

संक्रमण पुष्टि हुनेमा पोखरा ४ का ३२ वर्षीय पुरुष, पोखरा ६ का ४६ वर्षीय पुरुष तथा ४८ वर्षीय पुरुष, पोखरा ८ का १९ र ३९ वर्षीय पुरुष तथा पोखरा १७ का २८ वर्षीय पुरुष रहेका छन् ।

यस्तै लमजुङका थप २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा जिल्लाको सुन्दरबजार नगरपालिका वडा नम्बर ७ का २९ वर्षीय तथा वडा नम्बर ५ का ३० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको  छ । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३६१२ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ