पोखरामा फेरि थपिए १० कोरोना संक्रमित, भाटभटेनीका कर्मचारीलाई पनि कोरोना

पोखरामा फेरि थपिए १० कोरोना संक्रमित, भाटभटेनीका कर्मचारीलाई पनि कोरोना

store_pokhara

पोखरामा शुक्रबार फेरि थप १०  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  भाटभटेनीमा कार्यरत पुरुष सहित पोखरामा थप १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।  आज बिहान समेत पोखरामा ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कास्कीको पोखरा महानगरका १० जना तथा माछापुच्छ्रे गाउँपालिकाका १ जना सहित  गण्डकी प्रदेशमा ३३ कोरोना संक्रमित थपिएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा २७ का ३० वर्षीय महिला तथा ५९ र ६० वर्षीय २ जना पुरुष, पोखरा २९ का ४९ वर्षीय पुरुष, वडा नम्बर ३० का २१ वर्षीय पुरुष, पोखरा ३१ का १३ वर्षीय बालिका सहित २० वर्षीय महिला तथा १६ र ४० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । पोखरा २ र ३० का २ जना भारतबाट आएका हुन् ।

त्यस्तै, कास्कीको माछापुच्छ्रे गाउँपालिकाका १ जनालाई संक्रमण पुष्टि भएको छ । गाउँपालिका अन्तरगत वडा नम्बर ६ की २६ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी गोरखा ४ पालिकाका ७ महिला तथा ५ पुरुष, लमजुङ राईनाशका भारतबाट आएर क्वारेन्टिनमा बसेका २१ बर्षीय पुरुष र नवलपुर गैँडाकोटका ७ वटा वडाका ९ जना पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३६४५ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ