नेपाल लोक स्टार शनिको पहिलो गीतका लागि बिष्णु माझीलाई २ लाख (भिडियोसहित)

नेपाल लोक स्टार शनिको पहिलो गीतका लागि बिष्णु माझीलाई २ लाख (भिडियोसहित)

bisnu majhi

भुमिगत शैलीको जिवन शैली भएकी लोक गायिका विष्णु माझीले दुई लाख पारिश्रमिक लिएर गीत गाएकी छिन् । नेपालमा सर्वाधिक पारिश्रमिक लिएर गीत गाउने गायिका माझीले दुई लाख रुपैयाँ लिएर गाएकी हुन् ।

‘झुम्का झलक्कै’ विष्णुले दुई लाख लिएर गाएको पहिलो गीत हो । हिजो साँझ सार्वजनिक भएको यो गीतमा विष्णुसँगै शनी विश्वकर्माको स्वर छ । शनी गायन प्रतियोगिता ‘नेपाल लोक स्टार’का विजेता हुन् । उनको यो पहिलो गीत हो ।

“विष्णु दिदीले डेढलाख बाट बढाएर दुईलाख पारिश्रमिक बनाए पछि गाएको यो पहिलो गीत हो,” शनीले भने ।

महङ्गो पारिश्रमिक लिएर गाउने उनले यसअघि डेढलाख पारिश्रमिक लिँदै आएकी थिइन् । तर उनले डेढलाख बाट बढाएर पारिश्रमिक दुईलाख पुर्याएपछि विष्णुलाई केही समय गाउन कसैले पनि अफर गरेको थिएन ।

एक वर्ष अगाडि गायक हेमन्त शर्माको गीत ‘बनमारा’ गाउँदासम्म विष्णु एकलाख पारिश्रमिक लिन्थिइन् । त्यसपछि केही गीतमा डेढ लाख पारिश्रमिक लिएकी उनले अहिले बढाएर दुई लाख पुयार्एकी हुन् । दुई वर्ष अगाडि ‘सालको पात’ गीत लोकप्रिय भएपछि उनले आफ्नो पारिश्रमिक अस्वाभाविक रुपमा बढाएको संगीतकर्मीहरु बताउँछन् ।

विष्णु सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट टाढै रहेकी गायिका हुन् । उनी रेकर्ड गर्न स्टुडियो निस्किने बाहेक अन्य कामका लागि निस्किन्न् । स्टुडियोमा पर्दा लगाएर गीत गाउने उनी प्रायः कसैसँग बोल्दिनन् ।

“डोयट् गीत भए पनि हामीले एक्ला एक्लै गीत गायौं । तर म उहाँले गीत गाउँदा स्टुडियोमै थिएँ,” शनी भन्छन्, “उहाँले गीत गाउने टेक्निक भने मैले पनि देखेँ ।”

विष्णु स्टुडियोमा आएर एक घण्टा गाउने गीतको डेमो सुन्छिन् । अर्को एक घण्टा गाउने अभ्यास गर्छिनर र अर्को एक घण्टा लगाएर रेकर्ड गर्छिन् ।

सामान्यतया नेपालमा गायक–गायिकाहरु गीत गाएको १० देखि २० हजारसम्म पारिश्रमिक लिन्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ