पोखरा । लकडाउनको अवधिमा सुरु भएको बरदान अनलाइन स्टोरले पोखरामा खाद्यान्नदेखि अति आवश्यक वस्तुको होम डेलिभरी सुरु गर्यो । बरदानले पोखराबाट सुरु गरेको व्यवसाय छोटो समयमै राम्रो लोकप्रियता पाएपछी लकडाउन अवधिमै चितवनमा पनि सेवा बिस्तार गरेर होमडेलिभरी सुरु भएको थियो ।
लकडाउन सुरु भएसँगै वैशाखबाट होम डेलिभरी सेवा दिन थालेको स्टोरका कार्याकारी प्रमुख सन्जिब पौडेलले बताए । ‘अहिले पोखरामा मात्रै ५ हजार उपभोक्ताले सेवा लिइरहेका छन्,’ उनले भने, ‘छिटै काठमाडौं र बुटवलमा पनि सुरु गर्ने योजना छ । बरदान उपत्यका बाहिर सञ्चालन भई आक्रमक व्यापार गरिरहेको पहिलो अनलाइन स्टोर हो ।’
बरदानले पोखरा र चितवनमा आफ्नो कार्यालयको १५ किलोमिटरको दायरमा रहेका उपभोक्तालाई निशुल्क होम डेलिभरी सेवा दिइरहेको उनले बताए ।
वरदानले स्वदेशी सामानलाई मुख्य प्राथमिकतामा राखी बाह्य सामान पनि होम डेलिभरी गरिरहेको उनले बताए । लकडाउनको अवधिमा सुरु भएको बरदान स्टोरले हालसम्म २० जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छ ।
बरदानमा सपिङ गर्न आधिकारिक वेबसाइट (bardanstore.com)मा आफुले चाहेको सामान अर्डर गर्न सकिन्छ । साथै ९८०२८४११२२ मा फोन गरेर पनि अर्डर टिपाउन सकिन्छ । ग्राहकलाई अझै सजिलो होस् भनेर वरदानको आफ्नै मोबाइल एप पनि छिट्टै आउने निर्देशक बैभब पौडेलले बताए ।
बरदान स्टोरबाट सामान खरिद गरेपछि इ-सेवा, खल्ती, कनेक्ट आइपिएस, आएमई पे, बैकंका अन्य कार्डबाट पैसा तिर्न सकिनेछ । त्यस्तै सामान किनिसकेपछि नगद रुपैयाँ तिर्न सकिनेछ ।
दशैंलाई लक्षित गर्दै बरदानले विभिन्न छुट तथा आकर्षक उपहारहरु पनी छिटै बजारमा ल्याउदै छ ।
हाल बरदान स्टोरले किराना, बच्चाको लागि खाना, सुरक्षा, चकलेट, सफा गर्न प्रयोग गरिने बस्तु, विद्युतीय सामाग्री, मोबाइल फोन, नेपाली तथा अङ्ग्रेजीका किताब, खानेकुरा, गर-गहना, घडि-चस्मा, भान्साका सामाग्रीहरुको होम डेलिभरी गरिरहेको छ । केही दिनमै मदिराको समेत बिक्रि सुरु गरिने पौडेलले बताए ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो