लकडाउनले पोखरामा जन्माएको बरदान अनलाइन स्टोर

लकडाउनले पोखरामा जन्माएको बरदान अनलाइन स्टोर

received_336263804251554

पोखरा । लकडाउनको अवधिमा सुरु भएको बरदान अनलाइन स्टोरले पोखरामा खाद्यान्नदेखि अति आवश्यक वस्तुको होम डेलिभरी सुरु गर्यो । बरदानले पोखराबाट सुरु गरेको व्यवसाय छोटो समयमै राम्रो लोकप्रियता पाएपछी लकडाउन अवधिमै चितवनमा पनि सेवा बिस्तार गरेर होमडेलिभरी सुरु भएको थियो ।

लकडाउन सुरु भएसँगै वैशाखबाट होम डेलिभरी सेवा दिन थालेको स्टोरका कार्याकारी प्रमुख सन्जिब पौडेलले बताए । ‘अहिले पोखरामा मात्रै ५ हजार उपभोक्ताले सेवा लिइरहेका छन्,’ उनले भने, ‘छिटै काठमाडौं र बुटवलमा पनि सुरु गर्ने योजना छ । बरदान उपत्यका बाहिर सञ्चालन भई आक्रमक व्यापार गरिरहेको पहिलो अनलाइन स्टोर हो ।’

बरदानले पोखरा र चितवनमा आफ्नो कार्यालयको १५ किलोमिटरको दायरमा रहेका उपभोक्तालाई निशुल्क होम डेलिभरी सेवा दिइरहेको उनले बताए ।
वरदानले स्वदेशी सामानलाई मुख्य प्राथमिकतामा राखी बाह्य सामान पनि होम डेलिभरी गरिरहेको उनले बताए । लकडाउनको अवधिमा सुरु भएको बरदान स्टोरले हालसम्म २० जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छ ।

बरदानमा सपिङ गर्न आधिकारिक वेबसाइट (bardanstore.com)मा आफुले चाहेको सामान अर्डर गर्न सकिन्छ । साथै ९८०२८४११२२ मा फोन गरेर पनि अर्डर टिपाउन सकिन्छ । ग्राहकलाई अझै सजिलो होस् भनेर वरदानको आफ्नै मोबाइल एप पनि छिट्टै आउने निर्देशक बैभब पौडेलले बताए ।
बरदान स्टोरबाट सामान खरिद गरेपछि इ-सेवा, खल्ती, कनेक्ट आइपिएस, आएमई पे, बैकंका अन्य कार्डबाट पैसा तिर्न सकिनेछ । त्यस्तै सामान किनिसकेपछि नगद रुपैयाँ तिर्न सकिनेछ ।

दशैंलाई लक्षित गर्दै बरदानले विभिन्न छुट तथा आकर्षक उपहारहरु पनी छिटै बजारमा ल्याउदै छ ।
हाल बरदान स्टोरले किराना, बच्चाको लागि खाना, सुरक्षा, चकलेट, सफा गर्न प्रयोग गरिने बस्तु, विद्युतीय सामाग्री, मोबाइल फोन, नेपाली तथा अङ्ग्रेजीका किताब, खानेकुरा, गर-गहना, घडि-चस्मा, भान्साका सामाग्रीहरुको होम डेलिभरी गरिरहेको छ । केही दिनमै मदिराको समेत बिक्रि सुरु गरिने पौडेलले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds