पोखरामा २ प्रहरी सहित थप १० जनालाई कोरोना संक्रमण पुष्टि

पोखरामा २ प्रहरी सहित थप १० जनालाई कोरोना संक्रमण पुष्टि

Pokhara pension camp

तस्वीरः सुदर्शन रञ्जित

पोखरामा २ जना प्रहरी सहित थप १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १० जनालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा- ४ का २ जना ४५ तथा ४७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी रहेका छन् । पोखरा वडा नम्बर ६ की २६ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ । उनी राष्ट्रिय वाणिज्य बैंक गैंडाकोट नवलपरासी (ब.सु.पू) मा कार्यरत रहेकी छिन् ।

त्यस्तै पोखरा वडा नम्बर १० का ४७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मी हुन् ।

त्यस्तै पोखरा १३ की ५४ वर्षीय १ जना महिला, १४ का २७ तथा ४३ वर्षीय पुरुष, पोखरा- १५ का ३५ वर्षीय महिला तथा २० वर्षीय पुरुष, पोखरा १६ का २५ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

तनहुँ शुक्लागण्डकी २ का २५ वर्षीय पुरुष, तनहुँ भानु  २ का २६ वर्षीय पुरुष र नेपाल प्रहरीमा कार्यरत मनाङ चामेका  ३१ वर्षीय पुरुष, लमजुङको दुधपोखरी  ६ का २५ वर्षीय पुरुष तथा  राइनाशका  ६ का ४० वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले  जनाएको छ ।

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणका क्रममा लमजुङका २ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको दुधपोखरी ६ का २५ वर्षीय तथा राइनास ६ का ४० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ६ सय ६० पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds