पोखराको ‘इलाइट मोटर्स’ निसानको गण्डकी धौलागिरीको बिक्रेता

पोखराको ‘इलाइट मोटर्स’ निसानको गण्डकी धौलागिरीको बिक्रेता

nissann

पोखरा उत्तमचोक स्थित इलाइट मोटर्स प्रा.लि.  निसान गाडीका लागि गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता बनेको छ । निसानका लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रा.लि.ले गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता इलाइट मोटर्सलाई चयन गरेको हो ।

अटोमोबाइल व्यवसायमा पहिचान बनाएका पोखराका युवा व्यवसायी गोपाल बराल इलाइट मोटर्सका प्रवन्ध निर्देशक हुन् । ‘अटोमोबाइल क्षेत्रमा निसान स्थापित ब्राण्ड हो,’ बराल भन्छन्, ‘प्रतिष्ठित ब्राण्डको आधिकारिक बिक्रेता भएर काम गर्न पाउँदा उत्साह मिलेको छ ।’

पायोनियर मोटोकर्पले नै नेपाली बजारमा आयात गरेको ड्याट्सन गाडीहरुको लागि गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता एस.एस.एल. मोटर्सका सञ्चालक पनि बराल नै हुन् । ड्याट्सन गाडीको आधिकारिक बिक्रेता रहेर राम्रो पहिचान बनाएका बराललाई निसानको समेत डिलर दिएर पायोनियरले थप जिम्मेवारी प्रदान गरेको हो ।

निसानको किक्स, नाभारा, एक्सट्रेल लगायतका गाडीहरु नेपाली बजारमा लोकप्रिय छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ