शिशिर र सारिका मायामा मैनबत्ती झैं जले (भिडियोसहित)

शिशिर र सारिका मायामा मैनबत्ती झैं जले (भिडियोसहित)

mainbatti

जिन्दगी नै बिग्रने गरी, किन माया लाग्दो हो यसरी
मैनबत्ती जलेजस्तै जल्दै जल्दै गएँ,
तिमीलाई भुल्न कहाँ जाम्, सम्झिहाल्छु जहाँ जाम्,
तिमी बिना एकपल पनि म नबाँच्ने भए

शिव हमालको यस्ता मर्मस्पर्शी शब्द र लय । शान्ति श्री परियार विजय सुनामको कर्णप्रिय स्वरमा मैनबत्ती शीर्षकमा नयाँ दोहोरो गीत सार्वजनिक भएको छ । मायामा अविश्वास र भ्रमका कारण चोखो माया कसरी विछोडमा परिणत हुन पुग्छ ? भन्ने कुरालाई गीत र भिडियोमा देख्न सकिन्छ ।

चर्चित मोडल शिशिर पौडेल र सारिका केसीले स्क्रिन शेयर गरेका छन् । गुञ्जन नेपालको प्रस्तुति रहेको गीत मालश्रीमा रेकर्ड भएको हो । बिनोद बाजुरालीले उत्कृष्ट संयोजन गरेका छन् । बिमल छिनालको रेकर्ड र खडक बाजुरालीको मिक्सिङमा उत्कृष्ट गीत बनेको छ ।

भिडियो पनि उत्तिकै लायकको बनेको छ । रियल लाइफमा समेत कृषि क्षेत्रका नायक किसानी भाइ खेम र समृद्धिलाई पनि शिशिर र सारिकासँगै देख्न सकिन्छ । कपिल लामाको निर्देशन र सुरेश श्रेष्ठको छायाँकन रहेको छ ।

शिशिरकै आफ्नै नामको च्यानलमा भिडियो सार्वजनिक भएको हो। गीत र भिडियोले राम्रो प्रतिक्रिया बटुलेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds