पोखराको पशुपति घाटमा यस्तो बन्नेछ अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, १ अर्ब ६० करोड लागत [भिडियो]

पोखराको पशुपति घाटमा यस्तो बन्नेछ अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, १ अर्ब ६० करोड लागत [भिडियो]

Cricket-2

पोखरा महानगरपालिका वडा नं. ३३ स्थित पशुपतिघाटमा गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत परियोजना विवरण ‘डिपिआर’ तयार भएको छ । बिआरएस सोलुसन इन्जिनियरिङले झण्डै १६ लाख रुपैंया लिएर सो डिपिआर तयार गरेको हो ।

एक अर्ब ६० करोड लागत अनुमान गरिएको सो रंगशाला पशुपतिघाटको एक सय ७४ रोपनी क्षेत्रफलमा निर्माण हुनेछ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं खेलकुद विभाग महाशाखाका उपसचिव तेज प्रसाद काफ्लेका अनुसार अब जग्गा सम्याउने काम सुरु हुनेछ ।

रंगशालाको क्षमता १८ हजार दर्शक क्षमताको हुनेछ । गण्डकी सरकारले यस वर्ष विनियोजन गरेको २ करोड रुपैंया रंगशालामा खर्च गरिनेछ । रंगशाला ३ देखि ४ बर्षभित्रमा सम्पन्न गरिसक्ने लक्ष्या राखिएको छ । रंगशाला सम्म पुग्ने बाटो, नदी नियन्त्रण, पेभेलियन, पिच, होस्टल, भिआइपी बिल्डिङ, मिडिया कक्ष लगायत निर्माण हुनेछन् ।

श्रोत, भिडियो: केशव पाठक

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ