पोखराका १४ जनासहित गण्डकीमा थपिए १८ संक्रमित

पोखराका १४ जनासहित गण्डकीमा थपिए १८ संक्रमित

pokhara corona update 1

पोखरामा मंगलवार थप १४ जना कोरोना संक्रमित थपिएका छन ।  स्वास्थ्य निर्देशनालयको सोमबार जारी पहिलो विज्ञप्ति अनुसार प्रदेशका २ जिल्लाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरा- ५ की ९ वर्षीय बालिका तथा १४ वर्षीय बालक सहित ३६ वर्षीय पुरुष,  पोखरा- ८ का ४९ वर्षीय पुरुष, १३ का २४ वर्षीय पुरुष, पोखरा १५ का ३४ वर्षीय पुरुष सहित ३३ र ५६ वर्षीय २ जना महिला, पोखरा- १७ का ५५ र ५६ वर्षीय महिला सहित २४, ३१ र ६१ वर्षीय ३ जना पुरुष, पोखरा- २० का ८३ वर्षीय वृद्धलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

त्यस्तै नवलपरासी (ब.पु.पू) का ४ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको विनयत्रिवेणीका हुन् । विनयत्रिवेणी ३ की १२ वर्षीय बालिका सहित ७० वर्षीय वृद्धालाई संक्रमण पुष्टि भएको हो । त्यस्तै ४ का २६ तथा ५९ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३८ १३ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ