गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ८ सय ३३ पुगेको छ ।पोखरा महानगर पालिकामा आजमात्रै २६ जना थपिएका छन् । गण्डकीमा ४१ जना थप भएका हुन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको दोस्रो विवरण अनुसार पोखरामा १२ जना कोरोना संक्रमित थपिएका छन ।
पोखरा १ का ३५ वर्षीय पुरुष, पोखरा ६ का १९ वर्षीय पुरुष, पोखरा ७ का २३, २७ र २९ वर्षीय पुरुष, पोखरा १० का ३१ वर्षीय पुरुष, पोखरा ११ का ३९ वर्षीय पुरुष, पोखरा १३ का ५९ वर्षीय पुरुष, पोखरा १७ का ३८ वर्षीय पुरुष, पोखरा २६ का २६ वर्षीय पुरुष र पोखरा २९ का २९–२९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यसै गरी स्याङजा पुतलीवजारका १७ र ३० वर्षीय पुरुष र आँधिखोलाका १९ वर्षीय पुरुष, तनहुँ व्यासका ४ का ३० र ४३ वर्षीय पुरुष, ७ का २१ वर्षीय पुरुष र म्याग्देका ३४ वर्षीय पुरुष, गोरखाका १७ र ३२ वर्षीय पुरुष र ३५ वर्षीया महिला र नवलपुर वैदीकाली २ का ४७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
बिहानै पोखरा महानगरको ६ वटा वडामा १४ सहित गण्डकी प्रदेशमा मंगलवार १८ जना कोरोना संक्रमित थपिएका थिए । पोखरा ५ का ९ वर्षीया वालिका सहित १४ र ३६ वर्षीय पुरुष, वडा ८ का ४९ वर्षीय पुरुष, वडा १३ का २४ वर्षीय पुरुष, वडा १५ का ३३ र ५६ वर्षीया महिला र ३४ वर्षीय पुरुष, वडा नं १७ का २४, ३१ र ६१ वर्षीय पुरुष सहित ५५ र ५६ वर्षीया महिला, वडा २० का ८३ वर्षीय पुरुषमा कोरोना सक्रमण पुष्टि भएको छ ।
त्यसै गरि नवलपुर विनय त्रिवेणी वडा ३ का ७० वर्षीया महिला र १२ वर्षीय वालक तथा वडा ४ का २६ र ५९ वर्षीया महिलामा समेत कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो