पोखरामा कार्यरत ७ प्रहरी सहित फेरि थपिए २७ कोरोना संक्रमित

पोखरामा कार्यरत ७ प्रहरी सहित फेरि थपिए २७ कोरोना संक्रमित

Pokhara Newroad

पोखरामा फेरि थप २७ जनामा कोरोना संक्रमण भेटिएको छ । बुधबार स्वास्थ्य निर्देशनालयको तेस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका बिभिन्न वडाहरुमा गरी थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा- १२  का ४३, ४९ वर्षीय पुरुष त्यस्तै २८ वर्षीया महिला, पोखरा- २७ का ४१ वर्षीया महिला, पोखरा- १६ का ३७ वर्षीय पुरुष, पोखरा- ४  का ३४ वर्षीय पुरुष, पोखरा-५ का २४ वर्षीय पुरुष, पोखरा- १० का ५७ वर्षीया पुरुष त्यस्तै ३२ वर्षीय महिला, पोखरा- ६ का ६५, ३० वर्षीय पुरुष त्यस्तै पोखरा- ४  का ५५ वर्षीय महिला, पोखरा- ९ का ३४ वर्षीया पुरुष, पोखरा- १४ का ३८ वर्षीय पुरुष, पोखरा- १८ का ३४ वर्षीया पुरुष,  पोखरा- १७ का २३ वर्षीया पुरुष, पोखरा- ८ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।

त्यस्तै पोखरा महानगरपालिका स्थित वार्ड प्रहरी कार्यालय रामबजारमा कार्यरत ४ जना पुरुष र ३ जना महिलालाई कोरोना संक्रमण भेटिएको छ ।

यस अगाडि पोखरामा ४२ दिनका नवजात शिशु सहित ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यस्तै कास्की कै अन्नपूर्ण गाउँपालिकाका १ जनालाई समेत संक्रमण पुष्टि भएको थियो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३९१० पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds