कास्कीमा पहिलो पटक सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ । बुधबारसम्म कास्कीमा हालसम्म ५ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् । गण्डकी प्रदेशका अन्य जिल्लामा क्रमशः संक्रमित संख्या घट्दै गएकोमा कास्कीमा भने संक्रमित दिनप्रतिदिन बढ्दै गएका हुन् ।
कास्कीमा कुल संक्रमित संख्या ९ सय ४४ रहेकोमा ३ सय ९४ जना निको भइसकेका छन् भने ११ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
गण्डकी प्रदेशका अन्य जिल्ला स्याङ्जा, बागलुङ, नवलपुर, तनहुँमा हाल सक्रिय संक्रमित संख्या घट्दो छ । स्याङ्जामा हाल १८ मात्र सक्रिय संक्रमित छन् । त्यहाँ कुल ३ सय ९८ जना संक्रमित भएका थिए ।
बागलुङमा मात्र ७१ जना सक्रिय संक्रमित छन् । त्यहाँ ३ सय ९६ जना संक्रमित पुगेका हुन् । त्यस्तै, नवलपुरमा ८ सय ९४ कुल संक्रमितमध्ये हाल २ सय ६२ सक्रिय केस छन् भने तनहुँमा ४ सय ३६ संक्रमितमध्ये ९४ मात्र सक्रिय केस छन् ।
लमजुङमा ६२, गोरखामा ५०, पर्वतमा ९, मनाङमा ४ र म्याग्दीमा १ जनामात्र सक्रिय केस छन् । मुस्ताङमा संक्रमित शून्य छ । गण्डकीमा हालसम्म ३३ जना संक्रमितको मृत्यु भएको छ ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन