कास्कीमा कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै, सक्रिय संक्रमितको संख्या ५ सय नाघ्यो

कास्कीमा कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै, सक्रिय संक्रमितको संख्या ५ सय नाघ्यो

pokhara

कास्कीमा पहिलो पटक सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ । बुधबारसम्म कास्कीमा हालसम्म ५ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् । गण्डकी प्रदेशका अन्य जिल्लामा क्रमशः संक्रमित संख्या घट्दै गएकोमा कास्कीमा भने संक्रमित दिनप्रतिदिन बढ्दै गएका हुन् ।

कास्कीमा कुल संक्रमित संख्या ९ सय ४४ रहेकोमा ३ सय ९४ जना निको भइसकेका छन् भने ११ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

गण्डकी प्रदेशका अन्य जिल्ला स्याङ्जा, बागलुङ, नवलपुर, तनहुँमा हाल सक्रिय संक्रमित संख्या घट्दो छ । स्याङ्जामा हाल १८  मात्र सक्रिय संक्रमित छन् । त्यहाँ कुल ३ सय ९८ जना संक्रमित भएका थिए ।

बागलुङमा मात्र ७१ जना सक्रिय संक्रमित छन् । त्यहाँ ३ सय ९६ जना संक्रमित पुगेका हुन् । त्यस्तै, नवलपुरमा ८ सय ९४ कुल संक्रमितमध्ये हाल २ सय ६२ सक्रिय केस छन् भने तनहुँमा ४ सय ३६ संक्रमितमध्ये ९४ मात्र सक्रिय केस छन् ।
लमजुङमा ६२, गोरखामा ५०, पर्वतमा ९, मनाङमा ४ र म्याग्दीमा १ जनामात्र सक्रिय केस छन् । मुस्ताङमा संक्रमित शून्य छ । गण्डकीमा हालसम्म ३३ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ