पोखरामा थप १६ सहित गण्डकीमा ३० संक्रमित थपिए

पोखरामा थप १६ सहित गण्डकीमा ३० संक्रमित थपिए

Pokhara viewss

पोखरामा थप १६ जना सहित गण्डकी प्रदेशमा १९ जना संक्रसमित थपिएका छन् कोरोना पुष्टि भएको छ ।गण्डकी प्रदेशमा आज पहिलो र दोस्रो बिज्ञप्ति अनुसार थप ३० जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा भारतबाट आएका र आयल निगम गगनगौंडा डिपोका कर्मचारी छन् । केही संक्रमित कन्ट्याक्ट ट्रेसिङका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा वडा नं ३ का ४८ वर्षीय पुरुष, वडा नं १७ का ४५ वर्षीय पुरुष, वडा नं २९ का २० र ४१ वर्षीय पुरुष, वडा नं ३० का २२ र ४१ वर्षीय पुरुष, वडा नं ३१ का ११, १४, १८, १९, २६, ३४ र ६० वर्षीया बालिका र महिलाका साथै पोखरा ३१ का १९, २७ र २८ वर्षीय पुरुषका कोरोना संक्रमण पुष्टि भएको हो ।

स्याङ्जामा पनि ३ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । भीरकोट नगरपालिकाका ३ पुरुषमा कोरोना पुष्टि भएको छ ।

योसहित गण्डकी प्रदेशमा कोरोना पुष्टि हुनेको संख्या ३९४० पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ