तनहुँ । तनहुँको भिमादमा रोट्रयाक्ट क्लब अफ भिमाद स्थापना भएको छ ।
उक्त कार्यक्रमको सभापति रोटरी क्लब अफ दमौलीका अध्यक्ष दामोदर भण्डारी रहेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि रोटरी इन्टरनेश्नल डिष्टिक्ट ३२९२ नेपाल भुटानका गभर्नर राजिब पोख्रेल रहेका थिए ।
सो अवसरमा प्रमुख अतिथि डिष्टिक्ट गभर्नर पोख्रेलले रोट्रयाक्टको सदस्य भएपछि जिम्मेवारी पुर्ण काम गर्नुपर्ने बताए ।
रोटरी इन्टरनेश्नल ११५ वर्ष भन्दा पुरानो सामाजिक संस्था भएको गभर्नर पोख्रेलले बताए । उनले भने ‘युवालाई रोटरीले ठुलो महत्त्व दिएको छ ।’
इच्छाशक्ति भएमात्रै कुनैपनि संस्थामा दीर्घकाल सम्म रहन सक्ने गभर्नर पोख्रेलले बताए ।
कार्यक्रममा रोट्रयाक्ट क्लब अफ भिमादका संस्थापक अध्यक्ष सन्देश गैह्रे रहेका छन ।
रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटान जोन ३ का जोनल रोट्रयाक्ट रिप्रेजेन्टेटिभ सन्दिप पौडेलले संस्थापक अध्यक्ष सन्देश गैह्रेलाई गोपनियताको सपथ ग्रहण गराएका थिए ।
रोटरी क्लब अफ दमौलीले रोट्रयाक्ट क्लब अफ भिमादलाई शिडमनि स्वरुप १० हजार रुपैयाँ प्रदान गरेको छ ।
त्यस्तैगरी रोट्रयाक्ट क्ल्ब अफ दमौलीले पनि रोट्रयाक्ट क्लब अफ भिमादलाई शिडमनि स्वरुप ५ हजार रुपैयाँ प्रदान गरेको छ ।
कार्यक्रममा रोटरी क्लब अफ दमौलीका निवर्तमान अध्यक्ष सुर्ज कुमार मल्ल, जोन ३ का जेडआरआर सन्दिप पौडेल, रोटरीमा महिला रिजन ४ की सदस्य बिना कैनी, रोटरी क्लब अफ दमौलीका पुर्वअध्यक्ष ईम कुमार मल्ल, रोटरी नेपालका डिआरसिसि सुबास सिग्देल लगाएतले बोलेका थिए ।
कार्यक्रमको संचालन रोटरी क्लब अफ दमौलीका सचिव सागर पौडेलले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?