पोखराका ७ सहित गण्डकीमा थप ११ जनामा कोरोना पुष्टी

पोखराका ७ सहित गण्डकीमा थप ११ जनामा कोरोना पुष्टी

Pokhara valleyy

पोखराका थप ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका ३ जिल्लाका ९ पुरुष र २ महिला गरी ११ जनामा कोरोना देखिएको हो ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा अनुसार पोखरा- ४  का ४८ वर्षीय पुरुष, पोखरा- ५ का २९ वर्षीय पुरुष र २९ वर्षीया महिला, पोखरा- ६ का ५९ वर्षीय पुरुष , पोखरा- ७  का ४९  वर्षीय पुरुष, पोखरा- १४ की २९ वर्षीया महिला, पोखरा – ३२ का ४७ वर्षीय पुरुष रहेका छन ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका २ जनालाई संक्रमण पुष्टि भएको छ । वालिङ नगरपालिका वडा नम्बर ५ का ३० तथा वडा नम्बर १४ का ४५ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

त्यसै गरी लमजुङ सुन्दरबजारका २५ र  ४९ वर्षीय पुरुष तथा स्याङ्जा वालिङ ५ का  ३०  वर्षीय  र १४ का ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३९८६ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ