शनिबार बिहानै पोखराका १० जनामा कोरोना पुष्टि

शनिबार बिहानै पोखराका १० जनामा कोरोना पुष्टि

Pokhara pension camp

तस्वीरः सुदर्शन रञ्जित

पोखरा- गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । कास्कीका १०, गोरखाका पाँच र तनहुँका दुई जना रहेका छन् । योसँगै गण्डकीमा संक्रमितको संख्या ४ हजार ३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

३ का ३ जना पुरुष , वडा नम्बर ८ का १ महिला र १ पुरुष , वडा नम्बर ६ का २ महिला , २४ का १ पुरुष , वडा नम्बर १४ का १ पुरुष र वडा नम्बर १३ का १ पुरुष गरि महानगरमा थप १० जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये प्रदेशमा हालसम्म दुई हजार ८३१ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार १३९ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds