पोखरामा सोमबार बिहान थप २६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा आज पोखरामा थप २६ जनालाई संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमापोखरा १७ का २० वर्षीय पुरुष, पोखरा १९ का ५५ वर्षीय पुरुष, पोखरा ७ का २६ र २९ वर्षीय पुरुष, पोखरा १० का २८ र ६४ वर्षीय पुरुष, पशुपंक्षी तथा मत्स्यविकास निर्देशनालय पोखरामा कार्यरत चिकित्सक पोखरा १२ का ३६ वर्षीय पुरुष, पोखरा ११ का २८ र ३० वर्षीय पुरुष, पोखरा – ३ का २२, २३, २२ , २४ , २५, २६, २५, २७ , ३० र ३८ वर्षीय पुरुष, पोखरा १३ का ३६ वर्षीया महिला , पोखरा १४ का २२ वर्षीय पुरुष ,५२ वर्षीया महिला तथा फेवासिटी असपतालमा उपचाररत ५१ वर्षीय पुरुष, पोखरा २२ का २९ वर्षीय पुरुष, पोखरा ३० की ५१ वर्षीया महिला र पोखराका वडा नखुलेका ४९ वर्षीया महिला रहेको निर्देशनालयले जनाएको छ ।
नवलपरासी (ब.सु.पू) का १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी मध्यविन्दु नगरपालिकाका २० वर्षीय पुरुष हुन । उनी कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४२0२ पुगेको छ ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन