पोखरामा आज थपिए १२ वडाका २६ कोरोना संक्रमित

पोखरामा आज थपिए १२ वडाका २६ कोरोना संक्रमित

pokhara ward

पोखरामा सोमबार बिहान थप २६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  पोखरामा  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  क्षयरोग उपचार केन्द्र, पोखरामा  गरिएको परीक्षणमा आज पोखरामा थप २६ जनालाई संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

क्षयरोग उपचार केन्द्र, पोखरामा  गरिएको परीक्षणमापोखरा १७ का २० वर्षीय पुरुष, पोखरा १९ का ५५ वर्षीय पुरुष, पोखरा ७ का २६ र २९ वर्षीय पुरुष, पोखरा १० का २८ र ६४ वर्षीय पुरुष,  पशुपंक्षी तथा मत्स्यविकास निर्देशनालय पोखरामा कार्यरत चिकित्सक पोखरा १२ का  ३६ वर्षीय पुरुष, पोखरा ११ का २८ र ३० वर्षीय पुरुष, पोखरा – ३ का २२, २३, २२ , २४ , २५, २६, २५, २७ , ३० र ३८ वर्षीय पुरुष, पोखरा १३ का ३६ वर्षीया महिला , पोखरा १४ का २२ वर्षीय पुरुष ,५२ वर्षीया महिला तथा  फेवासिटी असपतालमा उपचाररत ५१ वर्षीय पुरुष, पोखरा २२ का २९ वर्षीय पुरुष, पोखरा ३० की ५१ वर्षीया महिला र पोखराका  वडा  नखुलेका ४९ वर्षीया महिला रहेको निर्देशनालयले जनाएको छ  ।

नवलपरासी (ब.सु.पू) का १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी मध्यविन्दु नगरपालिकाका २० वर्षीय पुरुष हुन । उनी कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४२0२ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds