पोखरामा फेरि थपिए १० कोरोना संक्रमित

पोखरामा फेरि थपिए १० कोरोना संक्रमित

Pokhara ward 10 15

तस्वीरः सुदर्शन रञ्जित

पोखरा महानगरपालिकामा थप १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य निर्देशनालयको दोस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका बिभिन्न वडाहरुमा गरी थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा पोखरा ६ का १८ वर्षीया महिला, वडा नं ७ का १६ वर्षीय पुरुष र ७३ वर्षीया महिला, वडा नं ९ का ५३ वर्षीय महिला, वडा नं १० का १० वर्षीय वालक सहित ६८ वर्षीय पुरुष र ३३ वर्षीया महिला, पोखरा ११ का ४६ वर्षीय पुरुष, पोखरा १६ का ७२ वर्षीय पुरुष र पोखरा १७ का ५३ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण हुनेको सँख्या ४२१३ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds