पोखराका ४४ वर्षीय पुरुष सहित गण्डकीमा १७ संक्रमित थपिए

पोखराका ४४ वर्षीय पुरुष सहित गण्डकीमा १७ संक्रमित थपिए

corona covid gandaki

आज  बुधबार कोरोना संक्रमणबाट पोखरा सहित गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् ।पोखरामा थप १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २१ का ४४ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

तनहुँमा थप २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित देवघाट तथा भानुका हुन् । देवघाट ५ का ४३ वर्षीय पुरुष तथा भानुकी ३ वर्षीय बालिकालाई संक्रमण पुष्टि भएको छ ।

लमजुङका २३ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनी सुन्दरबजार नगरपालिकाका हुन् ।

यस्तै नवलपरासी (ब.सु.पू) का १३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको गैंडाकोट, मध्येविन्दु, देवचुली तथा कावासोतीका हुन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३३० पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds