गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ४ हजार ४ सय १ पुगेको छ । पोखरामा २४ जनासहित गण्डकी प्रदेशमा आज मात्रै ९२ जना थपिएका छन् ।
पाँचौ विज्ञप्ति अनुसार पोखरामा १२ सहित प्रदेशमा २६ जना थपिए । पोखराको वडा नखुलेका ६२ वर्षीय पुरुष, वडा नं. ३३ का ३६ वर्षका पुरुष, वडा नं. ८ का २८ र ५९ वर्षीया महिला एवं ४१ वर्षीय पुरुष, वडा नं. ६ का ४३ र ३९ वर्षीय पुरुष र १८, २९, ४, १९ र ६४ वर्षीया महिला रहेका छन् ।
यस्तै, स्याङ्जाका आधिँखोला १ का ४५ वर्षका पुरुष, पुतलीबजार ७ का ७ जना पुरुष र पुतलीबजार १ का ५४ वर्षीया महिला रहेका छन् । यस्तै, तनहुँका ३ जना थपिएका छन् । व्यास ३ का २७ वर्षीय पुरुष र भिमाद ६ का दुई जना ५२, ५२ वर्षका पुरुष रहेका छन् । यसैगरी, गोरखामा २ जना थप भएका छन् । अजिरकोट ५ का २६ वर्षीय पुरुष र गण्डकी गाउँपालिका ७ का २२ वर्षीया महिला छन् ।

पोखरामा ८ थपिए
यसअघि, चौथो विज्ञप्ती अनुसार पोखराका थप ८ नयाँ कोरोना संक्रमित थपिएका थिए । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार वडा नं ३ का ३२ वर्षीय पुरुष, ६ का ३५ वर्षीय पुरुष, ८ का १८ र २५ वर्षीया महिला, ९ का ३७ वर्षीय पुरुष, १२ का २४ वर्षीया महिला, १७ की २४ वर्षीया महिला र ३३ वर्षीय पुरुष गरी ८ जनामा कोरोना पुष्टि भएको हो ।

पोखराका ३ र बागलुङका २७ सहित गण्डकीमा ३७ कोरोना संक्रमित थपिए
तेस्रो विज्ञप्ती मार्फत पोखरा महानगरपालिकाका ३ सहित ३७ नयाँ कोरोना संक्रमित थपिएको जानकारी दिइयो ।
पोखरा महानगरपालिका वडा नं १६ का ५२ वर्षिय पुरुष तथा ३३ र ३५ वर्षीया महिला, लमजुङ राइनास ७ का २३ र २५ वर्षीय पुरुष, वागलुङ काठेखोला १ का २२ वर्षीय पुरुष, २ का ३० वर्षीय पुरुष, ८ का २६ वर्षीय पुरुष, वागलुङ नेपाल प्रहरीमा कार्यरत ३८ वर्षीय पुरुष तथा वागलुङ नगरपालिका २ का २२ देखि ४२ वर्षीय उमेर समुहका नेपाल आर्मीमा कार्यरत २७ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

पोखराका एक सहित गण्डकीमा थपिए १७ जना
दोस्रो विज्ञप्तीमा कास्की सहित चार जिल्लामा १७ जना कोरोना संक्रमित थपिए । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नं २१ का ४४ वर्षीय पुरुष, लमजुङ सुन्दरबजार नगरपालिकाका २३ वर्षीय पुरुष, तनहुँ देवघाट वडा नं ५ का ४३ वर्षीय पुरुष, तनहुँ भानु नगरपालिका वडा १ का ३ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै नवलपरासी गैडाकोट नगरपालिका वडा नं १ का ४२ वर्षीय पुरुष, वडा नं २ का ३० वर्षीया महिला, ४७ वर्षीय पुरुष, वडा नं ८ का ५६ वर्षीय पुरुष, वडा नं ९ का २२ वर्षीय पुरुष, वडा नं १० का २४ वर्षीया महिला र ४७ वर्षीय पुरुष, वडा नं १४ का २१ वर्षीय पुरुष, ३६ वर्षीय पुरुष, मध्य बिन्दु नगरपालिका वडा नं १५ का ७५ वर्षीय पुरुष, देवचुली वडा नं १४ का ४७ वर्षीय पुरुष, कावासोती वडा नं ३ का ६० वर्षीय पुरुष, वडा नं १३ का ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

तनहुँ र म्याग्दीमा शिक्षक र आर्मीसहित थप ४ जनामा कोरोना पुष्टि
विहानै गण्डकी प्रदेशमा ४ जनामा कोरोना पुष्टि भएको थियो । प्रदेशका तनहुँ र म्याग्दी जिल्लाका ४ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा तनहुँ ब्यासका स्थानीय स्कुलका ५१ वर्षीय शिक्षक, ब्यास १२ का कृषि सामाग्री कम्पनि लिमिटेडका पुरुष कर्मचारी तथा म्याग्दीको बेनीमा कार्यरत ३० र ३६ वर्षका आर्मी रहेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन