काठमाडौं । एक्सलट्रिप नेपालले हरेक ग्राहकलाई ३ सय रुपैयाँ क्यास ब्याक दिने भएका छन् । दशैतिहारको उपलक्ष्यमा एक्सलट्रिपद्वारा होटल, फ्लाइट टिकटसँगै होलिडे प्याकेज बुकिङ गर्दा ३०० रुपैयाँ निशुल्क क्यास ब्याक दिने योजना ल्याएको छ ।
बुकिङबाट पाउने ३ सय रुपैयाँ संसारभरिका जुनसुकै होटल तथा प्लेन बुकिङमा प्रयोग गर्न सकिने छ ।
असोज २२ गतेदेखि मंसिर ५ गते सम्म लागु हुने यो योेजनामा एक्सलट्रिप नेपालको तर्फबाट हरेक साता १ जनाले २५०० रुपैयाँसम्मको होटल भौचर पाउनेछन् ।
बम्पर उपहारअन्तर्गत एक जना भाग्यशाली बिजेतालाई दुई रात तीन दिनको काठमाडौं–पोखरा–काठमाडौंको कप्पल प्याकेज दिइने एक्सलट्रिपका डेपुटी कन्ट्री डाइरेक्टर शरद प्रधानले बताए ।
त्यस्तै नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा एक्सलट्रिपले नेपालको पर्यटन प्रर्वधन हाम्रो दायित्व मुल नाराका साथ प्रोमोटिङ नेपाल र प्रोमोटिङ डोमेस्टिक टुरिज्म नेपाल अभियान नै सञ्चालन गरेको छ।
एक्सलट्रिपले नेपालको पर्यटनलाई प्रवद्र्धनलाई अन्तराष्ट्रियकरण गर्दै विश्वभर नेपालको पर्यटन प्रबद्र्धन गर्ने पनि लक्ष्य लिएको छ। यसका लागि सम्बन्धित निकायसंग पनि छलफल सुरु गरिसकेकोे एक्सलट्रिपका डेपुटी कन्ट्री डाइरेक्टर प्रधानले बताए ।
एक्सलट्रिप नेपालकै पहिलो ओटीए प्लाटफर्म हो । एक्सलट्रिपको मोबाइल एप र अफिसियल वेबसाइट (xceltrip.com.np )बाट नेपालको ५ वटै डोमेस्टिक एयरलान्स र ८ सय भन्दा बढि होटल र संसारभर २३ लाख भन्दा बढि होटल र ४ सय ५० वटा एयरलान्सबाट २ सय भन्दा बढि डेस्टिनेसनमा बुक गर्न सकिने छ ।
एक्सलट्रिपमा नेपालकै सम्पुर्ण डिजिटल पेमेन्ट (ई सेवा, फोन पे) लगायत बैकंहरुको मोबाइल बैकिङ एप र सम्पुर्ण बैकं कार्ड प्रयोग गरि नेपाल भित्र वा अन्य देशको पनि होटल र एयरलान्स बुक गर्न सकिनेछ । एक्सलट्रिप नेपालले हाल जिरो प्रतिशत कमिसन मा हरेक होटल वा एयरलान्स बुकिङ सेवा प्रदान गर्दै आएको छ ।
सम्बन्धित खबर
गृह मन्त्रालयमा गरिमाका आमाबुबाको भिडियो खिचिएको रास्वपा महामन्त्रीकै आपत्ति
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
किस्तीमा राखेर आएको प्रधानमन्त्री पद त्याग गरेको व्यक्ति हुँ: रवि लामिछाने
प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे महेश बस्नेतको प्रश्न: ‘वास्तविक उद्देश्य के हो ?’
प्रधानमन्त्री बालेन मुस्ताङ पुगे
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित