Gandak News
Our News Your Views

मेस्सीको गोलमा अर्जेन्टिनाको विजयी सुरूवात

फिफा विश्वकप २०२२ अन्तर्गत अर्जेन्टिनाले शुक्रबार विहान भएको खेलमा इक्वेइडरलाई १-० गोलले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा लिओनल मेसीले गरेको गोल निर्णायक सावित भयो। मेसीले खेलको १३ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए। त्यसपछि खेलमा कुनै गोल हुन सकेन। जितसँगै अर्जेन्टिनाले छनोटमा तीन अंक जोड्न सफल भएको छ ।

अर्को खेलमा उरुग्वेले चिलीलाई २-१ गोलले पराजित गरेको छ। खेलको ३९ मिनेटमा लुइस सुआरेजको पेनाल्टी गोलबाट उरुग्वेले अग्रता लिएको थियो। तर ५४ मिनेटमा चिलीका लागि एलेक्सिस साञ्चेजले बराबरी गोल फर्काउन सफल भए ।

बराबरीतर्फ अघि बढेको खेलको दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा उरुग्वेले गोल गर्‍यो। उसका लागि माक्सी गोमेजले गोल गर्दै आफ्नो टिमलाई रोमाञ्चक जित दिलाए ।

छनोटअन्तर्गत पाराग्वे र पेरुले भने २-२ गोलको बराबरी खेलेर अंक बाढेका छन्। छनोटमा शनिबार विहान ब्राजिल र बोलिभियाबीच खेल हुनेछ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस