पोखरामा थप ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य निर्देशनालयको तेस्रो अद्यावधिक विज्ञप्तिमा अनुसार कास्की, तनहुँ र म्याग्दीका थप २८ जना संक्रमित थपिएको उल्लेख छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पोखरा- १ का २९ वर्षीय पुरुष तथा २४ र २७ वर्षीया महिला, पोखरा ५ का ३८, ४१ र ४७ वर्षीय पुरुष, ८ का ६ र १६ वर्षीय वालक, पोखरा ९ का २२ वर्षीय पुरुष,पोखरा १७ का ३५ वर्षीय पुरुष तथा ३२ वर्षीया महिला, माछापुच्छ्रे गाउँपालिका ५ का ४१ वर्षीय पुरुष तथा ९ का २२ वर्षीय पुरुष रहेका छन ।
तनहुँमा थप ११ जना कोरोना संक्रमित थपिएका छन । जिल्लाको व्यास नगरपालिकामा थप ११ जनामा कोरोना संक्रमण भेटिएको छ । व्यास-१ का ३७, व्यास-२ का ५३ र १२ र व्यास-४ का २७ र व्यास-५ का २८ वर्षका पुरुषमा संक्रमण देखिएको छ ।
यसैगरी व्यास-१० का ८ वर्षका बालक र ३४ वर्षका पुरुष र सोही वडाका २८ र ४० वर्षीया महिला कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यसैगरी ३८ वर्षका पुरुष प्रहरीमा पनि संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।
योसँगै तनहुँमा संक्रमित बिहीबार २७ जना संक्रमित पुगेका छन् । संक्रमितमध्ये एक जना व्यास हस्पिटलका डाक्टर हुन । त्यस्तै अर्का एक जना वकिल हुन भने अर्का एक स्थानीय हुन । ७ जना संक्रमित विदेशबाट आएका हुन ।
त्यसै गरि म्याग्दीमा ६ जनामा कोरोना पुष्टि भएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ४ हजार ६ सय पुगेको छ ।

सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो