पोखराका ३ अस्पतालमा लगातार ३ दिन ३ संक्रमितको मृत्यु, गण्डकीमा २ मृतक थप

पोखराका ३ अस्पतालमा लगातार ३ दिन ३ संक्रमितको मृत्यु, गण्डकीमा २ मृतक थप

gandaki charak

पोखरामा लगातार ३ दिन ३ जना कोरोना संक्रमितको ज्यान गएको छ । अस्ति पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, हिजो चरक मेमोरियल हस्पिटल र आज गण्डकी मेडिकल कलेजमा उपचाररत संक्रमितको ज्यान गएको हो ।

गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जा र नवलपुरका १/१ संक्रमित पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

स्याङ्जाको आँधिखोला गाउँपालिका ६ स्थायी ठेगाना भई बुटवल बस्दै आएका ८१ वर्षे वृद्ध र नवलपुरको गैंडाकोट नगरपालिका १ का ३६ वर्षे पुरुषको मृत्यु भएको हो ।

स्याङ्जाका संक्रमितको पोखरास्थित गण्डकी मेडिकल कलेजमा शुक्रबार राति साढे ११ बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ । स्याङ्जाका मृतकमा मृगौला र मुटुको समस्यासँगै पिसाबमा पनि संक्रमण थियो ।

नवलपुरका संक्रमितको चितवनस्थित कलेज अफ मेडिकल साइन्समा उपचारकै क्रममा शुक्रबार दिउँसो ३ः५५ बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । नवलपुरका मृतकको भने एक्कासि मुटुले काम गर्न छोडेको र रक्तचाप कम हुँदा रगतमा संक्रमण बढेको निर्देशनालयले जनाएको छ ।

शुक्रबार पोखरा महानगरपालिका वडा नम्बर ८ का ७८ वर्षीय वृद्धको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो ।

बिहीबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत पोखरा १६ का ८३ वर्षीय पुरुषको उपचारका क्रममा कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो ।

गण्डकीमा हालसम्म मृत्यु हुनेमा कास्कीका १२, नवलपुरका ९, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ४, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds