पोखराको ओम अस्पतालका कर्मचारीलाई कोरोना, गण्डकीमा थपिए ४ जिल्लाका १६ संक्रमित

पोखराको ओम अस्पतालका कर्मचारीलाई कोरोना, गण्डकीमा थपिए ४ जिल्लाका १६ संक्रमित

Corona Girl

पोखरामा फेरि २ सहित गण्डकी प्रदेशमा १६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। दोस्रो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ४  जिल्लाका १६ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा बागलुङका १, कास्कीका २, गोरखा ११, लमजुङका २ जना छन् । कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

पोखरा महानगरपालिका वडा नम्बर ७ की २९ तथा वडा नम्बर १७ की १९ वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ वर्षीय महिला पोखराको ओम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेकी छिन् ।

बाग्लुङमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी वीरगञ्जबाट आएका हुन् ।

गोरखामा ११ जनालाई संक्रमण पुष्टि भएको छ ।

लमजुङको राइनासका २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ७६९ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ