पोखरामा २० सहित गण्डकी प्रदेशमा फेरि ४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। चौथो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ५ जिल्लाका ४४ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा स्याङ्जाका १, तनहुँका २, कास्कीका २०, नवलपुर ५, लमजुङका १६ जना छन् । कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् । यस भन्दा अघि पनि पोखरामा आजै ५१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगर वडा नं. ७ की २५ वर्षीया महिला, ८ का ५६ वर्षीय पुरुष तथा वडा नम्बर १० की २८ वर्षीया महिला, १७ का ३८ वर्षीया १ जना महिला तथा २४ र २५ वर्षीय २ पुरुष, पोखरा २४ का ३८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश अन्तरगत भौतिक पूर्वाधार विकास मन्त्रालयमा कार्यरत ७ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २४, २९, ३६, ४६, ४७, ५० र ५२ वर्षीय पुरुष हुन् ।
त्यस्तै, पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत ३ जना बिरामीहरु ४१ र ८८ वर्षीय पुरुष तथा २६ वर्षीया महिलालाई संक्रमण पुष्टि भएको हो ।
चरक मेमोरियल अस्पतालमा उपचाररत २ जना बिरामीहरु ७० वर्षीया महिला तथा ३१ वर्षीय पुरुषलाई पनि कोरोना पुष्टि भएको छ ।
त्यस्तै, पोखरा ५ का ३५ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी पत्रकार हुन् । पोखरा १७ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३८ वर्षीय १ जना महिला तथा २४ र २५ वर्षीय २ जना पुरुष हुन् । यस्तै, पोखरा २४ का ३८ वर्षीय पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो