पोखराका विभिन्न अस्पतालका कर्मचारी तथा बिरामीलाई कोरोना, पोखरामा थप २९ जना सहित गण्डकीमा एकैपटक १२६ संक्रमित थपिए

पोखराका विभिन्न अस्पतालका कर्मचारी तथा बिरामीलाई कोरोना, पोखरामा थप २९ जना सहित गण्डकीमा एकैपटक १२६ संक्रमित थपिए

Pokhara pension camp

तस्वीरः सुदर्शन रञ्जित

पोखरामा २९ सहित गण्डकी प्रदेशमा १२६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पहिलो दोस्रो तेस्रो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेज चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ६  जिल्लाका १२६ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका २९ जना, नवलपुरका ६०  जना, तनहुँका २६ जना, बागलुङका  ७ जना, स्याङजाका १ जना  र लमजुङका २ जना गरी  प्रदेशका ५ जिल्लामा १ सय २६ जना छन् । कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

संक्रमण पुष्टि हुनेमा पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३० र ३१ वर्षका पुरुष  चिकित्सक, ओम अस्पतालमा उपचाररत २८ वर्षीय पुरुष तथा चारक मेमोरियल अस्पतालमा उपचाररत ३१ वर्षीय पुरुष तथा ४० वर्षीया महिला, फेवासिटी हस्पिटलको क्यान्टिनमा कार्यरत १९ वर्षीय पुरुष, पोखरा १ का १ पुरुष, ५ का ३ पुरुष, ६ का १ पुरुष र १ महिला, ७ का १ पुरुष, ८ का १ पुरुष, १० का ३ पुरुष र २ महिला, १३ का २ पुरुष, १४ का १ पुरुष र १ महिला, २५ का ३ पुरुष र २ महिला, २९ का १ पुरुष रहेका छन्  ।

तनहुँ जिल्लाको भीमाद नगरपालिका, ब्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका तथा बन्दीपुरका २६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

लमजुङका मध्यनेपालका २ जनालाई संक्रमण पुष्टि भएको छ ।

स्याङ्जा जिल्लाको भीरकोटकी ५२ वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नवलपरासीमा आज एकैपटक देवचुली तथा मध्यविन्दुका ५६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बाग्लुङमा ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ जना नेपाली सेनामा कार्यरत रहेका छन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ९७१ पुगेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ