काठमाडौं । प्रभु हेलीकप्टर प्रालीले भित्र्याएको नयाँ एयरबस हेलीकाप्टर एच १२५ एएस ३५० बी ३ ईले नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेको छ। स्थापनाको पाँच बर्षमा यो एयरबस हेलीकप्टर सँगै प्रभु सँग हेलिकप्टरको सङ्ख्या ६ वटा पुगेको छ ।
प्रभुले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरेर नयाँ एयरबस हेलिकप्टर ल्याउने निर्णय गरेको थियो। सो बमोजिम चैत्र ११ गते काठममाडौं आइ पुगेको थियो तर कोभिड–१९ का कारण औपचारिक प्रकृया ढिला भएको प्रभु हेलिकप्टरका डेपुटी जनरल म्यानेजर नोबल कुमार राजलवटले बताए।
कल साइन ९ एन–एनएलई रहेकोे हेलिकप्टरको ६ वटा सिट क्षमता छ । धेरै उचाइसम्म राम्रो काम गर्ने यो हेलीकप्टर नेपाली भुभागको लगि योग्य हेलीकप्टर रहेको राजलवटको भनाइ छ। हेलिकप्टर थप भए सँगै नयाँ गन्तव्यहरुमा समेत उडान गर्ने योजना रहेको बताइएको छ।
प्रभु हेलिकप्टर छोटो समयमा राम्रो लोकप्रियता कमाएको हेलिकप्टर उडान सेवा प्रदायक कम्पनी हो । सन २०१५ मा अमेरिकाले बनाएको रबिन्सन आर ४४ पिस्टक इञ्जिन हेलिकप्टरको साथ उडान सुरु गरेको प्रभु हेलिकप्टरले ३ बर्ष भित्रै चार वटा नयाँ रोबिन्सन आर६६ टर्बाइन हेलिकप्टर थपेको थियो।
हिमाली क्षेत्रको दृश्यावलोकन र धार्मिक क्षेत्रमा पर्यटकिय उडान गर्दै आएको प्रभु हेलिकप्टरले पोखराबाट अन्नपुर्ण बेस क्याम्प, माछापुच्छ्रे बेस क्याम्प, मर्दी हिमाल, मुक्तिनाथ, रारा र काठमाडौंबाट लुक्ला, पाथीभरा, हलेसी महादेव, कालिन्चोकलको सेवा दिंदै आएको छ।
नयाँ हेलीकाप्टरले काठमाडौंमा आधारित रहेर १४ हजार फिट भन्दा माथि सगरमाथा आधार शिविर, लाङटाङ, गोशाइकुण्ड, दामोर कुण्ड, माथिल्लो मनाङ/मुस्ताङ र तिलिचो ताल लगायतका गन्तव्यमा उडान भर्ने राजलवटले बताए।
हिमाली क्षेत्र लगायत आवस्यक ठाउँमा उद्दार उडान गरिरहेको प्रभु हेलिकप्टरले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा गर्भवती/सुत्केरीको आपतकालीन उद्दार समेत गर्दै आएको छ।
लकडाउनमा स्वास्थ्य सुरक्षा मार्गदर्शन र नागरिक उड्डयन प्राधिकरणको निर्देशन अनुसरण गरि काम गरेको प्रभु हेलिकप्टरले कोभिड १९ को विषम परिस्थितिमा पनि उद्दार उडानहरु जारी राखेको थियो।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी