नक्कली छोरा बनेर ५० करोड ठगी, मालपोत कर्मचारीको मिलेमतो

नक्कली छोरा बनेर ५० करोड ठगी, मालपोत कर्मचारीको मिलेमतो

police-arrest

सांकेतिक तस्विर

पचास करोडको १५ कठ्ठा जग्गा किर्ते गर्ने ललितपुरका महानगरपालिका–१३ कुसुन्तीका केबल प्रताप जबरालाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

राणाले अर्कैको नाममा वीरगन्जमा रहेको ५ कठ्ठा, १५ धुर जग्गा मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा आफ्नो बनाएका थिए। त्यसका लागि उनले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट ४७७३ नम्बरको मुकेश राजभण्डारीको नाममा किर्ते नागरिकता समेत बनाएका थिए।

कमलादेवी राजभण्डारीको नाममा रहेको यो जग्गा राणाले वास्तविक जग्गाधनी र हकवाला समेतको हक खोसी मुकेश राजभण्डारीको नाममा राजीनामा पास गराएको भेटिएको थियो।

उनले उक्त जग्गालाई फेरि स्थायी घर भएका गिरिधारी लाल अग्रवाललाई विक्री गर्न रु. ५० लाख बैनासमेत लिएका थिए। यसरी किर्ते नागरिकता बनाएर मालपोत कर्मचारीको मिलेमतोमा वास्तविक जग्गाधनीलाई थाहै नदिई जग्गा बेचबिखन भएको उजुरीपछि प्रहरीले अनुसन्धान गरेको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललितपुर कुसुन्ती स्थायी ठेगाना भएका ३३ वर्षीय राणालाई आइतबार रातोपुलबाट पक्राउ गरेको जनाएको छ। प्रहरीले थप कार्यका लागि अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पर्सा पठाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds