पोखरामा १८ सहित गण्डकी प्रदेशमा ३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पहिलो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ३ जिल्लाका ३४ जनामा संक्रमण पुष्टि भएको हो । कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेमा पोखराको मणिपाल अस्पतालमा उपचाररत २६ वर्षीय पुरुष, चरक मेमोरियल हस्पिटलमा उपचाररत ४२ वर्षीय पुरुष तथा गण्डकी मेडिकल कलेजमा उपचाररत ३२, ३६, ३८ र ७० वर्षीय पुरुष तथा २३ वर्षीया महिला रहेका छन् ।
त्यसै गरी पोखरा महानगर वडा नं. १ की १ महिला, २ का १ पुरुष, ३ का १ पुरुष, ७ का २ पुरुष र १ महिला, १० का १ पुरुष, ११ का १ पुरुष , २५ का १ पुरुष, ३१ का १ पुरुष तथा वडा नखुलेका १ ५ वर्षीय पुरुषमा कोरोना देखिएको छ । लमजुङ मध्येनेपाल र सुन्दरबजारका १-१ जना पुरुष र स्याङजा चापकोटका १० पुरुष तथा ४ महिलामा कोरोना पुष्टि भएको छ ।
स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकाका १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
लमजुङका जिल्लाको सुन्दरबजार नगरपालिकाका ३९ तथा मध्यनेपालका २५ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनीहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
सबै संक्रमितलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५००५ पुगेको छ ।

सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो