‘सम्बन्धको न्यानो डोरी’

‘सम्बन्धको न्यानो डोरी’

gawalli

सम्बन्धको न्यानो डोरी बुन्यौँ हामी दुईले

सँगै जिउन सँगै मर्न चुन्यौँ हामी दुईले ।

थाहै नपाई सुस्त सुस्त बढ्दै जाँदा माया

दुबै नाउँको धड्कनलाई सुन्यौँ हामी दुईले ।

एउटालाई पिर पर्दा तड्पिएर बस्दा दुबै

एक अर्कालाई मनमुटुमा थुन्यौँ हामी दुइइले ।

आँखी बनी हाम्रो प्रेमको पिर्दा पराईले

नचुँडिने प्रेमको माला उन्यौँ हामी दुईले।

  • शिशिर ज्ञवाली

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds