पोखरामा बिहानै १९ जनालाई कोरोना पुष्टि, गण्डकीमा एकैपटक ६ जिल्लाका ७८ संक्रमित थपिए

पोखरामा बिहानै १९ जनालाई कोरोना पुष्टि, गण्डकीमा एकैपटक ६ जिल्लाका ७८ संक्रमित थपिए

pokhara

पोखरामा बिहानै १९ सहित गण्डकी प्रदेशमा ७८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पहिलो र दोस्रो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र पोखरा, चितवन मेडिकल कलेज चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ६ जिल्लाका ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

कास्कीको पोखराका १९,  तनहुँका ६ , वागलुङका ७ , गोरखाका ६, नवलपुरका ३८  र लमजुङका ३  जना गरी थप ७८  जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य  निर्देशनालय गण्डकीले  जनाएको छ  ।

कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ४३४  पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ