पोखराको मनिपालमा कोरोनाका कारण उपचाररत सशस्त्र प्रहरीको मृत्यु

पोखराको मनिपालमा कोरोनाका कारण उपचाररत सशस्त्र प्रहरीको मृत्यु

Manipal-Medical-College

गण्डकी प्रदेशमा आज पोखराको मणीपाल शिक्षण अस्पतालमा उपचाररत एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शसस्त्र प्रहरी बल मुस्ताङमा कार्यररत २५ वर्षीय शसस्त्र प्रहरीको कोरोनाका कारण मृत्यु भएको हो ।  गए राती ११ः३० बजे मणीपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको निर्देशक विनोद विन्दु शर्माले जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार असोज २५ गते अस्पताल भर्ना हुनुभएको उहाँको २७ गते सक्रमण पुष्टि भएको थियो । उहाँ वागलुङ ढोरपाटन नगरपालिका ७ का स्थायी वासिन्दा हुनुहुन्छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ