पोखरामा फेरि २८ जनालाई कोरोना पुष्टि, गण्डकीमा ६७ संक्रमित थपिए

पोखरामा फेरि २८ जनालाई कोरोना पुष्टि, गण्डकीमा ६७ संक्रमित थपिए

Pokhara Lakeside Phewa Fewa

पोखरामा २८ सहित गण्डकी प्रदेशमा ७८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। तेस्रो र चौथो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ६ जिल्लाका ६७ जनामा संक्रमण पुष्टि भएको हो ।

कास्कीको पोखराका २८, वागलुङका २, गोरखाका ९, नवलपुरका १६, पर्वतका १, स्याङ्जाका ५, लमजुङका ५, बाग्लुङका २ र म्याग्दीका १ जना गरी थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य  निर्देशनालय गण्डकीले  जनाएको छ  ।

कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ५०१  पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ