शनिबार पोखराका ३० जनामा कोरोना संक्रमण पुष्टि, गण्डकीमा ४६ संक्रमित थपिए

शनिबार पोखराका ३० जनामा कोरोना संक्रमण पुष्टि, गण्डकीमा ४६ संक्रमित थपिए

Pokhara valleyy

पोखरामा ३० सहित गण्डकी प्रदेशमा ४६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शनिबार पहिलो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र पोखरा, चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ४ जिल्लाका ४६ जनामा संक्रमण पुष्टि भएको हो ।

कास्कीको पोखराका ३०, गोरखाका ९, नवलपुरका ५, तनहुँका २ जना गरी थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य  निर्देशनालय गण्डकीले  जनाएको छ  ।

कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ५४७  पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ