पोखराको चरक हस्पिटलमा कोरोना संक्रमित ४७ वर्षीय पुरुषको मृत्यु

पोखराको चरक हस्पिटलमा कोरोना संक्रमित ४७ वर्षीय पुरुषको मृत्यु

charak hospital New

कोरोना सङ्क्रमण भई हस्पिटलमा उपचाररत पोखरा १७ का ४७ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार दिउसो ४:५० मा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

उनलाई असोज २३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनमा निमोनिया र श्वासप्रश्वासको समस्या रहेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

मृत्यु हुनेमा कास्कीका १४, नवलपुर ९,  तनहुँका ९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका २ र म्याग्दीका १ जना छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ