Gandak News
Our News Your Views

पोखरामा फेरि २३ जनालाई कोरोना पुष्टि

पोखरामा २३ सहित गण्डकी प्रदेशमा ३० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। दोस्रो विज्ञप्ति अनुसार  पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा र चितवन मेडिकल कलेज चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ६ जिल्लाका ३० जनामा संक्रमण पुष्टि भएको हो ।

पोखरामा आज बिहान समेत ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्कीको पोखराका २३, वागलुङका २,  स्याङ्जाका २, लमजुङका १, बाग्लुङका २ र म्याग्दीका १ जना गरी थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य  निर्देशनालय गण्डकीले  जनाएको छ  ।

कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ५७७ पुगेको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस