पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारकै क्रममा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट पोजिटिभ आएको छ । प्रि आइशोलेसन वार्डमा उपचारको क्रममा मृत्यु भएकी ति महिलामा कोरोना पुष्टि भएको हो ।
असोज ३० गते अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका लागि आएकी पोखरा ३ की ५६ वर्षीया महिलाको प्रिआइशोलेसन वार्डमा उपचारको क्रममा राति ९ः१५ मा मृत्यु भएको थियो । उनमा कोभिडको आशंकामा परीक्षण गरिएकोमा नतिजा पोजेटिभ आएको प्रतिष्ठानका निर्देशक सहप्रा. डा. अर्जुन आचार्यले जानकारी दिए ।
यससँगै प्रतिष्ठानमा उपचारका क्रममा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । गण्डकी प्रदेशमा कोरोनाबाट हालसम्म ५० जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा कास्कीका १५, नवलपुर ९, तनहुँका ९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका २ र म्याग्दीका १ जना छन् ।
यसअघि, पोखरामा आजै अर्का एक पुरुषको पनि मृत्यु पुष्टि गरिएको छ । उनको पनि हिजो नै मृत्यु भएको हो । कोरोना सङ्क्रमण भई हस्पिटलमा उपचाररत पोखरा १७ का ४७ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार दिउँसो ४ः५० मा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
उनलाई असोज २३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनमा निमोनिया र श्वासप्रश्वासको समस्या रहेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
यसैबीच, गण्डकीमा आज १३२ जना कोरोना संक्रमित थपिएका छन् । पोखरामा ५४ जना सहित प्रदेशमा १३२ थपिएका हुन् । यससँगै प्रदेशमा संक्रमित ५६ सय ३३ पुगेका छन् ।

सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु