गण्डकी प्रदेशमा आज २ जनाको मृत्यु पुष्टि भएको छ । दुवै जना पोखरा महानगरका हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारकै क्रममा मृत्यु भएकी पोखरा ३ की ५६ वर्षीया महिलाको प्रिआइशोलेसन वार्डमा उपचारको क्रममा राति ९ः१५ मा मृत्यु भएको थियो ।
असोज ३० गते अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका लागि आएकी उनलाई प्रिआइसोलेसनमा राखिएको थियो । उनमा कोभिडको आशंकामा परीक्षण गरिएकोमा नतिजा पोजेटिभ आएको प्रतिष्ठानका निर्देशक सहप्रा. डा. अर्जुन आचार्यले जानकारी दिए ।
यससँगै प्रतिष्ठानमा उपचारका क्रममा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । गण्डकी प्रदेशमा कोरोनाबाट हालसम्म ५० जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा कास्कीका १५, नवलपुर ९, तनहुँका ९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका २ र म्याग्दीका १ जना छन् ।
यसअघि, पोखरामा आजै अर्का एक पुरुषको पनि मृत्यु पुष्टि गरिएको छ । उनको पनि हिजो नै मृत्यु भएको हो । कोरोना सङ्क्रमण भई हस्पिटलमा उपचाररत पोखरा १७ का ४७ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार दिउँसो ४ः५० मा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
उनलाई असोज २३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनमा निमोनिया र श्वासप्रश्वासको समस्या रहेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
यसैबीच, गण्डकीमा आज १३२ जना कोरोना संक्रमित थपिएका छन् । पोखरामा ५४ जना सहित प्रदेशमा १३२ थपिएका हुन् । यससँगै प्रदेशमा संक्रमित ५६ सय ३३ पुगेका छन् ।

गण्डकी प्रदेशमा शनिबार दिउँसो थप ५६ जना कोरोना संक्रमित भेटिएका हुन् । स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार जारी गरेको तेस्रो विज्ञप्ति अनुसार पोखरा महानगरका १ सहित, म्याग्दीका २ जना, स्याङजाका २२ जना र नवलपुरका ३१ जना गरि थप ५६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।
संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका ९ का १ पुरुष, म्याग्दीको मंगला १ र ४ का १ पुरुष र महिला, स्याङजाको चापाकोट १९ पुरुष र ३ महिला तथा नवलपुर गैंडाकोटका २२ पुरुष र ९ महिला रहेका छन् ।

यस्तै, दोस्रो विज्ञप्ति अनुसार पोखरामा २३ सहित गण्डकी प्रदेशमा ३० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा र चितवन मेडिकल कलेज चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ६ जिल्लाका ३० जनामा संक्रमण पुष्टि भएको हो ।
कास्कीको पोखराका २३, वागलुङका २, स्याङ्जाका २, लमजुङका १, बाग्लुङका २ र म्याग्दीका १ जना गरी थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
बिहानै पोखरामा ३० सहित गण्डकी प्रदेशमा ४६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पहिलो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र पोखरा, चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ४ जिल्लाका ४६ जनामा संक्रमण पुष्टि भएको हो ।
कास्कीको पोखराका ३०, गोरखाका ९, नवलपुरका ५, तनहुँका २ जना गरी थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी