Gandak News
Our News Your Views

पोखरामा बिहानै २५ जनालाई कोरोना पुष्टि, गण्डकीमा एकैपटक ७ जिल्लाका ६७ संक्रमित थपिए

पोखरामा बिहानै २५ सहित गण्डकी प्रदेशमा ६७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पहिलो, दोस्रो, तेस्रो र चौथो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा, चितवन मेडिकल कलेज चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ७ जिल्लाका ६७ जनामा संक्रमण पुष्टि भएको हो । कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीको पोखरा महानगरका २५ जना, स्याङ्जाका १० जना लमजुङका ४ जना, नवलपुरका १७ जना, गोरखाका ७ जना तनहुँ १२ जना  र बागलुङ ८ जना गरी थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा संक्रमितको संख्या ५७२४ पुगेको छ ।  गण्डकी प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ५ सय १६ रहेको  छ ।

 

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस