पोखरामा शनिबार कोरोना संक्रमण पुष्टि भएकी बागलुङकी एक महिलाको भोलिपल्टै मृत्यु भएको छ । बागलुङको बागलुङ नगरपालिका १३ स्थायी घर भई पर्वतमा बस्दै आएकी ४८ वर्षिया महिलाको आइतबार साँझ ७ बजे कुश्मामै निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकीेले पुष्टि गरेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत महिलामा गत शनिबार कार्तिक १ गते कोरोना संक्रमण पुष्टि भएकोमा हस्पिटलले होम आइसोलेशनमा बस्न सिफारिस गरेको थियो । पोखराबाट डिस्चार्ज भएपछि आइतबार नै कुश्मा गएकी महिलाको बेलुकी नै निधन भएको हो ।
ति महिला असोज २८ गते स्वास्थ्य समस्या भएपछि पोखरा आएकी थिइन् । कार्तिक १ को रिपोर्टमा कोरोना पोजिटिभ देखिएपछि हस्पिटलले होम आइसोलेसनमा बस्न भन्दै पठाइदिएका थिए । उनलाई परिवारले ट्याक्सी चढाएर लगेका हुन् ।
होम आइसोलेसनमा पठाइएकी संक्रमिको सोहि दिन मृत्यु भएपछि यस्तो अवस्थामा किन पठाइयो भनेर प्रश्न चिन्ह खडा भएकोछ । पोखरामा पनि हिजोसम्म लगातार ५ दिन ६ जनाको मृत्यु भइसकेको छ । चरक हस्पिटल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मनिपाल हस्पिटल, गण्डकी मेडिकल कलेजमा उपचाररत विरामीको मृत्यु भएको हो ।
गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए