कास्कीमा आज एकै दिन १३२ जना थपिए, पोखरामा मात्रै १२८ जना

कास्कीमा आज एकै दिन १३२ जना थपिए, पोखरामा मात्रै १२८ जना

dherai sankramit

पोखरा लगायत गण्डकीमै अहिलेसम्मकै धेरै संक्रमित आज फेला परेका छन् । पोखरामा फेरि २७ जना कोरोना संक्रमित थपिएका छन । आज दिउँसो ४:२० बजेसम्ममा १०५ जनालाई कोरोना पुष्टि भइसकेको थियो । कास्कीमा  आज एकैदिन १३२ जना थपिएका छन ।पोखरामा मात्रै १२८ जना थपिए । मादी गाउँपालिकाका ४ जना थपिएका छन् ।

अहिलेसम्मको तथ्यांक अनुसार यो अहिलेसम्म कै उच्च संख्या हो । पछिल्लो एघारौ विज्ञप्ति अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणका क्रममा थप २७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा संक्रमितको संख्या ५९६० पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ५ सय १६ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ