गण्डकीमा कोभिड अपडेटः सर्वाधिक २३० जना आज थपिए, कास्कीमा मात्रै १३२

गण्डकीमा कोभिड अपडेटः सर्वाधिक २३० जना आज थपिए, कास्कीमा मात्रै १३२

Gandaki covid corona 12

गण्डकी प्रदेशमा आज अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ८ जिल्लाका २ सय ३० जनामा पोजेटिभ देखिएको हो । आज सबैभन्दा धेरै कास्कीमा १ सय ३२ जना थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

तनहुँमा ३५, बागलुङमा २३, नवलपुरमा १८, स्याङ्जामा १४, लमजुङमा ५, पर्वतमा २ र गोरखामा १ जना थपिएको निर्देशनालयले जनाएको छ ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५९ सय ६० पुगेको छ । तीमध्ये ३६ सय ५ जना निको भएका छन् भने ५४ संक्रमितको ज्यान गएको छ । आज मात्रै ४ जनाको मृत्यु पुष्टि भयो । पोखरामा १ जना मृतक संख्या बढेको छ । मृत्यु हुनेमा कास्कीका १६, नवलपुरका १०, तनहुँका ९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३, म्याग्दीका १ जना छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ