पोखरामा ४६ जनालाई कोरोना पुष्टि, गण्डकीमा संक्रमित संख्या ६ हजार नाघ्यो

पोखरामा ४६ जनालाई कोरोना पुष्टि, गण्डकीमा संक्रमित संख्या ६ हजार नाघ्यो

pokhara

पोखरामा ४६ सहित गण्डकी प्रदेशमा ७० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। दोस्रो र तेस्रो विज्ञप्ति अनुसार लाईफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च प्रा.लि. पोखरा, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ७ जिल्लाका ७० जनामा संक्रमण पुष्टि भएको हो ।

कास्कीको पोखराका ४६, तनहुँका २, बाग्लुङका १, पर्वतका १, स्याङ्जाका ७, लमजुङका १ र गोरखाका १२ जना गरी थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य  निर्देशनालय गण्डकीले  जनाएको छ  ।

कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् । गण्डकी प्रदेशमा संक्रमितको संख्या ६०४६ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds